हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर — OSNepal

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

LC (KTM) February 10, 2022 0

काठमाडौं, २७ माघ । विदेशी मुद्राको आजको विनिमय दर सार्वजनिक भएको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४० पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ दुई पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर