लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत छ: गृहमन्त्री लामिछाने — OSNepal

लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत छ: गृहमन्त्री लामिछाने

LC (KTM) May 10, 2024 0

काठमाडौँ, २८ वैशाख : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत रहेको बताउनुभएको छ । लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको समस्याबारेको छलफलमा आज गृहमन्त्री लामिछानेले नागरिकता कार्याविधिमा छलफल गर्ने तयारी भइरहेकाले छलफलमा सक्रिय सहभागिता जनाइ आफ्ना गुनासा राख्न आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, “हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु । सरकार पनि सचेत छ । जुन समाजमा लैङ्गिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन । त्यसैले अरुको जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । ”

त्यसक्रममा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरूले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर