सरकारले बढायो एकैपटक दुधमा प्रतिलिटर नौ रुपैयाँ, अब दुधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैंया — OSNepal

सरकारले बढायो एकैपटक दुधमा प्रतिलिटर नौ रुपैयाँ, अब दुधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैंया

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । अब दुधको मुल्य प्रतिलिटर ८५ रुपैंया पुगेको छ । मन्त्रिपरिषद्को बैठकले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैंया बनाएको हो ।

किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै सरकारले उपभोक्ता मूल्य पनि निर्धारण गरेको हो । यसअघि प्रतिलिटर ७६ रुपैंया कायम भएको दुधमा एकैपटक प्रतिलिटर नौ रुपैंया बढेको हो ।

सरकारले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । तथापी, सरकारले पभोक्ता मूल्य तय गर्ने जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिइएको हो ।

डीडीसीले नै उपभोक्ता मूल्य निर्धारण गरी प्रतिलिटर ८५ रुपैंया कायम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर