प्रचण्डलाई कोइरालाले भने -हामीले तपाईलाई भोट हालेपनि तपाईंका कार्यकर्ताले हामीलाई भोट हाल्दैनन्, बरु एमालेलाई भोट हाल्छन् — OSNepal

प्रचण्डलाई कोइरालाले भने -हामीले तपाईलाई भोट हालेपनि तपाईंका कार्यकर्ताले हामीलाई भोट हाल्दैनन्, बरु एमालेलाई भोट हाल्छन्

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादीका कार्यकर्ताले एमालेलाई भोट हाल्ने बताएका छन् ।

बिहिबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यस्तो बताएका हुन् । उनले सरकारमा गठवन्धन गरेपनि चुनावमा गठवन्धन नगर्ने बताएका छन् ।

भेटमा कोइरालाले आफुहरुलाई माओवादीका कार्यकर्ताले भोट नहाल्ने भन्दै बरु एमालेलाई भोट हाल्छन् भनेका छन् । जसका कारण बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावमा गठवन्धन नगर्ने उनको स्पष्ट धारणा रहेको छ ।

साथै भेटमा उनले अध्यक्ष प्रचण्डलाई एमसीसीको विषयमा पनि स्पष्ट धारणा राख्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर