स्थानीय तह निवार्चनका लागि ५० अर्ब बजेटको माग — OSNepal

स्थानीय तह निवार्चनका लागि ५० अर्ब बजेटको माग

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि ५० अर्ब माग रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले चुनावको लागि आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षामा १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी गराएका छन् ।

अब अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको बताएका उनले स्रोत व्यवस्थापनमा चुनौती भएको शर्माले बताएका छन् ।

निवार्चन आयोगले मात्रै निर्वाचनको लागि १२ अर्ब खर्च हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर