लिफ्ट सहितका सुविधा भएको ताराखोला गाउँपालिकाको प्रशासकीय भवन पाँच करोड दस लाखमा ठडियो — OSNepal

लिफ्ट सहितका सुविधा भएको ताराखोला गाउँपालिकाको प्रशासकीय भवन पाँच करोड दस लाखमा ठडियो

LC (KTM) February 11, 2022 0

बागलुङ- बागलुङको ताराखोला गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन । रु पाँच करोड दस लाखको लागतमा बनेको भवनमा ‘लिफ्ट’सहितका सुविधा छन् । तस्वीर ः रामबहादुर थापा, रासस

नेपाल–भारत सीमा नाका आजदेखि चार दिन बन्द
बैतडी- भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर