काठमाडौँ र पोखरासहित देशका यी स्थानमा आज पानी पर्ने सम्भावना, चिसो बढ्ने — OSNepal

काठमाडौँ र पोखरासहित देशका यी स्थानमा आज पानी पर्ने सम्भावना, चिसो बढ्ने

LC (KTM) February 11, 2022 0

काठमाडाैं, २८ माघ – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर