लागूऔषधका रूपमा प्रतिबन्ध लगाइदै आएको गाँजालाई औषधिको रुपमा प्रयोग गर्न दिइने — OSNepal

लागूऔषधका रूपमा प्रतिबन्ध लगाइदै आएको गाँजालाई औषधिको रुपमा प्रयोग गर्न दिइने

LC (KTM) February 11, 2022 0

काठमाडौं । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।गोरखापत्र दैनिकमा छापिएको छ ।

तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर