जग्गाको बिषयमा विवाद हुँदा राम कुमारले गरे यस्तो हर्कत, तत्काल पुग्यो प्रहरी — OSNepal

जग्गाको बिषयमा विवाद हुँदा राम कुमारले गरे यस्तो हर्कत, तत्काल पुग्यो प्रहरी

LC (KTM) February 11, 2022 0

ओखलढुङगा २८ माघ । मानेभन्ज्याङ गाउँपालिका-१ बाख्रे बस्ने ६० वर्षीय टंक बहादुर बस्नेतलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयमा विवाद हुँदा राम कुमार जोगीले खुर्पाले प्रहार गर्दा टंक बहादुर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते टंक बहादुरलाई मिसन अस्पताल ओखलढुंगा हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर