प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण

LC (KTM) February 12, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३–३, गढी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको भद्रपुर, बाहृदशी, हल्दिबारी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११९ महिला र १५७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ७५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर