२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण — OSNepal

२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

LC (KTM) February 13, 2022 0

महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरिदिनुभएको छ । रु २२ लाखका लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा सामाजिक कामका लागि सहज हुने छ ।

सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका–१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो । सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर