विद्यार्थी लिएर स्कुल हिँडेको बस पल्टियो — OSNepal

विद्यार्थी लिएर स्कुल हिँडेको बस पल्टियो

LC (KTM) February 13, 2022 0

काठमाडौ । कोरोनाका कारण बन्द रहेका स्कुलहरु खुलेकै दिन अर्को दुखद खबर बाहिरिएको छ । खबर हो रूपन्देहीको । विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको जिल्ल प्रहरी कार्यालय रपन्देहीले जनाएको छ ।

ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो ।

चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठो क्का एर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर