इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बिजयी — OSNepal

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बिजयी

LC (KTM) February 13, 2022 0

इङ्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनमा रहेको बर्नली माथि लिभरपुलले संघर्षपुर्ण जित निकालेको छ । आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा फाबिन्होले विजयी गोल गरे । उनले पहिलो हाफ अघि पाहुना टोलीका लागि गोल गरेका थिए ।

लिभरपुलले प्रिमियर लिगमा बर्नलीमाथि चार खेलमा लगातार जित निकालेको हो । एनफिल्ड क्लबको जितले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । पछिल्लो खेलमा जित प्राप्त गरेपनि लिग लिडर म्यानचेस्टर सिटी भन्दा एनफिल्ड क्लब ९ अंकले पछि छ । बर्नली तालिकाको पुछारमा छ । रेलिगेशनबाट उ अझै ७ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर