मूल्य बढ्यो अमेरिकी डलरको ? हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

मूल्य बढ्यो अमेरिकी डलरको ? हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) February 14, 2022 0

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आजअमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९९ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३७ रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर