सरकारमा जान आतुर जसपाको ठाकुर पक्षले सरकारमा जाने मन्त्रीहरुको लगायो टुङ्गो — OSNepal

सरकारमा जान आतुर जसपाको ठाकुर पक्षले सरकारमा जाने मन्त्रीहरुको लगायो टुङ्गो

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । सरकारमा जान आतुर देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् ।

हिजो बिहिबार प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलमा ओलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिन सहमत भएका हुन् ।

मन्त्रालयको विषयमा भने टुंगो नलाग्दा अहिले बालुवाटारमा ओली र ठाकुरबिच छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर