प्रचण्ड - नेपाललाई लक्षित गर्दै बाबुरामले हाने झटारो - एमसीसीका विरोधीहरू सरकारमा बस्न मिल्दैन — OSNepal

प्रचण्ड – नेपाललाई लक्षित गर्दै बाबुरामले हाने झटारो – एमसीसीका विरोधीहरू सरकारमा बस्न मिल्दैन

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी परियोजना एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न नमिल्ने बताएका छन् ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन(सरकारमा बस्न नमिल्ने उनको तर्क रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठवन्धनको सहमति विना आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निणर्य गरेपछि सरकारमा रहेका माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीले सरकारमा सहभागी नहुने भन्दै आएका छन् ।

नेता भट्टराईले पनि प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै एमसीसीमा सहमति नभए सरकारमा बस्न नमिल्ने बताएका हुन् । उनले भनेका छन्,’सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन(सरकारमा बस्न मिल्दैन !’ ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर