सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने , संसद बैठक पनि अवरुद्ध गर्ने — OSNepal

सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने , संसद बैठक पनि अवरुद्ध गर्ने

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।

साथै आजै दिउँसो बस्ने संसद बैठकमा पनि आफ्नो विरोध कायमै राख्ने भएको छ ।

अहिले ११ बजे बस्ने कार्यव्यवस्थाको बैठकमा आफ्नो पार्टी सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन् ।

आफ्नो माग सभामुख सापकोटाले सम्बोध नगरेको भन्दै कार्यव्यवस्था बैठकमा जानु आवश्यक नभएको बताएका छन् ।

आज बस्ने संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर