बधाई छ दिपेन्द्र , ब्याटिंग बरियतामा उत्कृष्ट छलाङ — OSNepal

बधाई छ दिपेन्द्र , ब्याटिंग बरियतामा उत्कृष्ट छलाङ

LC (KTM) February 16, 2022 0

आईसीसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा नेपालका अन्य खेलाडी मध्ये सबैभन्दा ठुलो छलाङ मारेका छन् दिपेन्द्र सिंह ऐरीले । उनले यो ठूलो सफलता हात पारेका हुन् ।ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताक्रम अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन् ।

शीर्ष सय खेलाडीको वरीयताक्रममा नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल पनि ६५ औं स्थानमा यथावत रहेका छन् ।यस अघि नेपालबाट कुशल ५५ औं स्थानसम्म पुगेका थिए । बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछानेको वरीयता पनि ६३ औं स्थानमा यथावत रहेको छ । टी–ट्वान्टी ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान तथा दक्षिण अफ्रिकाका एइडेन मार्कराम शीर्ष तीन स्थानमा रहेका छन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज सम्सी, अष्ट्रेलियाका जोश ह्याजलउड र श्रीलंकाका वानिन्डु हसरंगा शीर्ष तीनमा रहेका छन् । अरलाउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नावी, बंगलादेशका सकिब अल हसन र इंग्ल्यान्डका मोइन अली शीर्ष तीनमा यथावत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर