यूइएफए च्याम्पियन्स लिग : पहिलो लेगमा लिभरपुलद्धारा इन्टर मिलान पराजित — OSNepal

यूइएफए च्याम्पियन्स लिग : पहिलो लेगमा लिभरपुलद्धारा इन्टर मिलान पराजित

LC (KTM) February 17, 2022 0

काठमाडौं, ५ फागुन – इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ ।

इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।

याेसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।

अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर