जेब्रा झोलाभित्र टाउको खुट्टा फेला परेको ठाउँ नजिकै फेला पर्यो अर्को झोलामा मानिसको शरीर — OSNepal

जेब्रा झोलाभित्र टाउको खुट्टा फेला परेको ठाउँ नजिकै फेला पर्यो अर्को झोलामा मानिसको शरीर

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । जेब्रा झोला भित्र भेटिएको मानिसको टाउको र खुट्टा पछि उक्त मानिसको शरीर पनि भेटिएको छ ।

धरान-भेडेटार रोडको जंगलमा फेला परेको टाउको र खुट्टा नजिकै आज बिहान शरीर पनि फेला परेको हो । स्थानीय वासी दाउरा खोज्न जाँदा टाउको र खट्टा फेला परेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार शंकास्पद रुपमा फेला परेको झोला भित्र मानिसको शरीरको केहि भाग देखिएपछि थप अनुशन्धानको लागि फरेन्सिक टोली खटाएको छ ।

टाउको पुरुषको भएपनि सडेको अवस्थामा फेला परेको शवको परिचयन भने नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर