चितवन राष्ट्रिय निकुञ्जमा २२ वर्षको पोथी गैँडा र चार महिनाको बच्चालाई बाघले आक्रमण गर्यो — OSNepal

चितवन राष्ट्रिय निकुञ्जमा २२ वर्षको पोथी गैँडा र चार महिनाको बच्चालाई बाघले आक्रमण गर्यो

LC (KTM) February 17, 2022 0

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृतावस्थामा फेला परेका हुन् । बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उहाँले बताउनुभयो । माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन् ।

चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर