एमसीसीको लागि गठवन्धन तोड्न देउवा तयार हुँदा पौडेल भन्छन्, गठबन्धनविरुद्ध जानु कांग्रेसको लागि फाइदा छैन — OSNepal

एमसीसीको लागि गठवन्धन तोड्न देउवा तयार हुँदा पौडेल भन्छन्, गठबन्धनविरुद्ध जानु कांग्रेसको लागि फाइदा छैन

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनविरुद्ध जानु कांगे्रसको लागि फाइदा नहुने बताएका छन् । तनहुँमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताएका उनले कार्यक्रममा भनेका छन् , ‘कांग्रेसे एक्लै लड्छौं भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन । ‘
समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नभएकोले तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनु पर्ने नेता पौडेलको तर्क रहेको छ ।

तथापी, प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबादुर देउवा भने एमसीसीको लागि गठवन्धन तोड्न पनि तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर