गठवन्धन दलमा एमसीसीको सहमति हुन सकेन बैठक, भोली बिहान फेरि नौ बजे बस्ने — OSNepal

गठवन्धन दलमा एमसीसीको सहमति हुन सकेन बैठक, भोली बिहान फेरि नौ बजे बस्ने

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा सिहमति जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको छ । बैठक फेरि भोली बिहान नौ बस्ने भएको छ ।

भोली शुक्रबार नै दिउँसो १ बजे संसद बैठक बस्ने भएको छ । उक्त संसद बैठकमा एमसीसी अनुमोदन गराउने सत्तारुढ दल नेपाली कांग्रेसको तयारी रहेको छ ।

बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै अडान राखेका छन् भने देउवाले पनि एमसीसीको विषयमा व्याक भएनन् । जसको कारण बैठक भोली बस्ने भएको छ ।

एमसीसी सम्झौता संसदमा पेश गर्ने या नगर्ने भन्ने विषयमा गठवन्धनबिच नै सहमति हुन नसक्दा आजको बैठक पनि विना निष्कर्ष सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर