सत्ता गठवनधन दलमा एमसीसीको विषयमा सहमति नभएपछि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक — OSNepal

सत्ता गठवनधन दलमा एमसीसीको विषयमा सहमति नभएपछि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज बसेको सत्ता गठवनधनको बैठकले एमसीसीको विषयमा सहमति जुटाउन नसक्दा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठक भोली शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । भोली नै दिउँसो १ बजे संसद बैठक पनि बस्ने भएकाले संसद बैठकको एजेण्डा तय गर्न
सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद सचिवालयले जारी गरेको कार्यसुचीमा एमसीसी नपरेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर