एनआरटी संग संकटा पराजित — OSNepal

एनआरटी संग संकटा पराजित

LC (KTM) February 17, 2022 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब पराजित भएको छ । न्युरोड टिम एनआरटीले संकटा लाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीले संकटालाई एक शुन्य गोल अन्तरले हराएको हो । एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे ।

खेलको २८ औं मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् । सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए । यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा उक्लिएको छ ।संकटाले ११ खेलमा १५ अंक जोडेको छ । संकटा छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर