बार्सिलोना नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढे — OSNepal

बार्सिलोना नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढे

LC (KTM) February 18, 2022 0

काठमाडौं, ६ फागुन – यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर