राष्ट्रहित विरोधी एमसीसी प्रावधानमा जनताको आवाजसंग नडराउने तर विदेशी धम्की सामु थुरथुर हुनु देउवाको अलोकतान्त्रिक लम्पसारवादी चरित्र — OSNepal

राष्ट्रहित विरोधी एमसीसी प्रावधानमा जनताको आवाजसंग नडराउने तर विदेशी धम्की सामु थुरथुर हुनु देउवाको अलोकतान्त्रिक लम्पसारवादी चरित्र

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । नेकपा एमालेका नेता तथा एमसीसी विरोधी नेता डा भीम रावलले विदेशी शक्ति र धम्की सामु थुरथुर हुनु अलोकतान्त्रिक लम्पसारवादी चरित्र सरकारको भएको भन्दै टिप्पणी गरेका छन् ।

एमसीसीको विरोध जनता को आवाजसंग नडराउने वा डराउनु हुन्न भन्ने प्रधानमन्त्री शेरबहादुर देउवा विदेशी शक्ति र धम्की सामु थुरथुर भएको भन्दै नेता रावलले टिप्पणी गरेका हुन् ।

एमसीसी सम्झौताका राष्ट्रहित विरोधी प्रावधानमा प्रधानमन्त्रीको समर्थन त्यसको उदाहरण भएको उनले दावी गरेका छन् ।

‘देशको स्वाधीनतामा आँच पुग्ने काम र जनताको आवाजसंग नडराउने वा डराउनु हुन्न भन्ने तर विदेशी शक्ति र धम्की सामु थुरथुर हुनु अलोकतान्त्रिक लम्पसारवादी चरित्र हो। ‘

उनले अघि भनेका छन्, ‘यस्तो चरित्रबाट देश र नेपाली जनता पीडित छन्।एमसीसी सम्झौताका राष्ट्रहित विरोधी प्रावधानमा प्रमंको समर्थन त्यसको उदाहरण हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर