जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ, घर भित्र छिर्ननै अफ्टेरो लाग्यो ? यसो गर्नुस — OSNepal

जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ, घर भित्र छिर्ननै अफ्टेरो लाग्यो ? यसो गर्नुस

LC (KTM) February 18, 2022 0

लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन् । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन ।

खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ ।

अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।

एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर