संसदको अर्को बैठक फागुन ८ गते बस्ने — OSNepal

संसदको अर्को बैठक फागुन ८ गते बस्ने

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । आज शुक्रबार बसेको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध र्सिजना गरेको छ ।

आफ्नो माग पुरा नभएको भन्दै एमालेले गत भदौ २३ गते देखि हरेक संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

आज बसेको संसद बैठकमा पनि बैठक सुरु भएसँगै नारावाजी सुरु गरी बैठक अवरुद्ध भएको हो । अब ंसंसद बैठक फागुन ८ गते सम्मका लागि स्थगित गरिएको छ ।

फागुन आठ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले अर्को संसद बैठक फागुन ८ गते बस्ने भन्दै स्थगित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर