लागूऔषध खैरो हेरोइनसहित २१ वर्षीया नेहा उनका साथी पक्राउ — OSNepal

लागूऔषध खैरो हेरोइनसहित २१ वर्षीया नेहा उनका साथी पक्राउ

LC (KTM) February 18, 2022 0

कैलाली ६ फागुन ।करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार दिउँसो प्रहरीले दुई जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर