एकीकृत समाजवादीले भन्यो - छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ — OSNepal

एकीकृत समाजवादीले भन्यो – छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ

LC (KTM) February 19, 2022 0

काठमाडौँ, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा एमसिसी परियोजना छलफलका लागि अगाडि बढाउन सैद्धान्तिकरूपमा सहमति दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा आज बसेको स्थायी समितिको बैठकले यथास्थितिमा परियोजना पारित हुन नदिने तर छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै आएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर