सत्ता गठवन्धन दलहरुको एमसीसी संसदमा टेबल गर्ने निर्णय प्रति झलनाथ खनालको आपत्ती — OSNepal

सत्ता गठवन्धन दलहरुको एमसीसी संसदमा टेबल गर्ने निर्णय प्रति झलनाथ खनालको आपत्ती

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । सत्ता गठवन्धन दलहरुको एमसीसी संसदमा टेबल गर्ने निर्णय प्रति नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने आपत्ती जनाएका छन् ।

पार्टीको निर्णय यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले यो निर्णय प्रति आफु अशन्तुष्ट भएको उनले बताएका छन् ।

पार्टीको यो निर्णय प्रति आफु सहमत नभएको बताएका उनले भने,’कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’

संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात भएको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर