प्रचण्ड - नेपालको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक गरेर आफ्नै लागि मात्र जारी गर्ने भएछन् — OSNepal

प्रचण्ड – नेपालको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक गरेर आफ्नै लागि मात्र जारी गर्ने भएछन्

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रति कडा आलोचना गरेका छन् ।

आज बसेको गठवन्धनको बैठकमा नेपाल र प्रचण्ड एमसीसी संसदमा टेबल गर्न समहत भएपछि नेता बाँस्कोटाले उनीहरुमाथि आलोचना गरेका हुन् ।

उनले भनेका छन् , ‘प्रचण्ड नेपालको धोती जोगाई दिन प्रधानमन्त्री शेरबहादुर देउवाले एकपक्षीय तमसुक (जुन कदापी सम्झौताको अंग बन्दैन)आफैले लेखेर आफ्नै लागि मात्र जारी गर्ने भएछन।’

अब त्यसपछि ल्याप्चेले क्रान्तिकारी रंगको प्रमाण पत्र प्राप्त गर्ने पक्का भएको भन्दै उनले पारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा पुकदा र माधबलाई वाकओभर दिने निश्चित भएको दावी गरेका छन् ।

एमसीसीको विपक्षमा रहेका प्रचण्ड नेपालले गठवन्धन बचाउँन भन्दै एमसीसी संसदमा टेबल गर्न सहमत भएका हुन् ।

पुकदा र माधबको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक (जुन कदापी सम्झौताको अंग बन्दैन)आफैले लेखेर आफ्नै लागि मात्र जारी गर्ने भएछन।त्यसपछि ल्याप्चेले क्रान्तिकारी रंगको प्रमाण पत्र प्राप्त गर्ने पक्का।छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा पुकदा र माधबलाई वाकओभर दिने निश्चित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर