इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड संग लिड्स युनाईटेड पराजित — OSNepal

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड संग लिड्स युनाईटेड पराजित

LC (KTM) February 20, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बिजयी भएको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।

खेलको ५३ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २-१ को स्थितिमा ल्याए ।४४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-२ को बराबरीमा ल्याए ।खेलको ७० औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-२ को अग्रता दिलाए ।त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी इलान्गाले गोल गरेपछि युनाईटेड ४-० ले विजयी भयो ।जितसँगै युनाईटेडले २६ खेलमा ४६ अंक जोडेको छ । युनाईटेड चौंथो स्थानमा रहेको छ ।लिड्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्सले लेस्टर सिटीलाई २-१ ले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर