ट्रिपर दुर्घटना हुँदा अमृतको मृत्यु — OSNepal

ट्रिपर दुर्घटना हुँदा अमृतको मृत्यु

LC (KTM) February 21, 2022 0

रोल्पा, ९ फागुन -रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।

घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।
लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर