नुवाकोटका राजुले फोन गरेर काम छ भनि आफ्नै घरमा बोलाएर २४ वर्षीया महिलालाई के गरे यस्तो — OSNepal

नुवाकोटका राजुले फोन गरेर काम छ भनि आफ्नै घरमा बोलाएर २४ वर्षीया महिलालाई के गरे यस्तो

LC (KTM) February 22, 2022 0

नुवाकोट । एक २४ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दूई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको शिबपुरी गाउँपालिका(७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङ रहेका छन् । निजहरुलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको खुल्न आएको छ ।
साथै उक्त बलात्कृत महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर