जङ्गलबाट सुटुक्क गाउँ छिरेको स्यालले सर्लाहीमा ५ वर्षीय बालकसहित १२ जनालाई टोक्यो — OSNepal

जङ्गलबाट सुटुक्क गाउँ छिरेको स्यालले सर्लाहीमा ५ वर्षीय बालकसहित १२ जनालाई टोक्यो

LC (KTM) February 22, 2022 0

मलङ्गवा-सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो ।

स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरुलाई काठमाडाँै पठाइएकोे प्रादेशिक अस्पताल मलङ्गवाका डा गौतम झाले जानकारी दिनुभयो ।

स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडाँैमा मात्र पाइने भएकोले घाइतेलाई यहाँबाट काठमाडौँ पठाउनु परेको उहाँले बताउनुभयो । भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

स्यालको टोकाइबाट विष्णु –४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधर, ७२ वर्षीय शङ्कर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उनका ५ वर्षीय छोरा अनमोल साह घाइते भएका छन् ।

त्यस्तै विष्णु –२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कतिपय घाइतेहरु अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ । स्यालले पशु चौपायालाई समेत टोकेर घाइते भएको स्थानीयवासीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर