तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिक पक्राउ — OSNepal

तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिक पक्राउ

LC (KTM) February 22, 2022 0

सिरहा, १० फागुन-सशस्त्र प्रहरीको विशेष टोलीले सिरहाको लहानबाट नगद र तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका-७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर १२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन रायको साथबाट ३ किलोग्राम ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ, ५ सय १० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

बरामद गहनासहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए ।उनीहरू सप्तरीको नाका हुँदै दहान बजारमा गहना लिएर आइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर