२ दिनसम्म टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको भिडियो भाइरल — OSNepal

२ दिनसम्म टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको भिडियो भाइरल

LC (KTM) February 23, 2022 0

काठमाडौं । टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको तस्विर र भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । खबर हो भारतको । भारतको थाने जिल्लामा डमरुको टाउकोमा जार अड्किएको देखेपछि यसको खोजीका लागि ४८ सम्म जनावर उद्दारकर्ताहरुले निरन्तर सक्रियता देखाए ।

र अन्तत उनीहरुले टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार गरेका छन् । यो डमरु ४८ घण्टासम्म टाउकोमा प्लास्टिकको जार अड्किएको अवस्थामा यताउती भौंतारिरहे अवस्थामा स्थानीयले देखेपछि जनावर उद्दारकर्तालाई खबर गरेका थिए ।

वन अधिकारी तथा जंगली जनावर र सरिशृप उद्दार टोलीेका सदस्यहरुले थाने जिल्लामा डमरुको टाउकोमा जार अड्किएको देखे लगत्तै तदारुकता देखाएको थियो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर