सरकारले मध्यरातमा विना संशोधन एमसीसी पास गर्छ :शेरबहादुर तामाङ — OSNepal

सरकारले मध्यरातमा विना संशोधन एमसीसी पास गर्छ :शेरबहादुर तामाङ

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा एमालेका नेता पूर्वमन्त्री शेरबहादुर तामाङले अमेरिकी परियोजना एमसीसी सरकारले मध्यरातमा विना संशोधन पास हुने बताएका छन् ।

उनले १२ गते बस्ने संसद बैठक पछि पाँच दलीय गठबन्धनभित्रका केही दल र दलका नेताले एकखालको नाटक मञ्चन गरी केहिलेसमर्थन गर्ने केहिले विरोध गरेजस्तो गर्ने अनि मध्यरातमा विना संशोधन एमसीसी पास गर्ने सरकारको रणनिति भएको बताएका छन् ।

एक कार्यक्रममा सहभागी भएका नेता तामाङले भनेका छन्, ‘सबै नाटकको पटाक्षेप १२ गते सम्भवतः मध्यराति एमालेको संसद् अवरोधकै बीच एमसीसी बिना संशोधन पास हुन्छ ।’

संसद अवरोध नहटाई जनताको आवाजलाई दबाउन खोजेको आरोप समेत उनले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर