एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय — OSNepal

एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय

LC (KTM) February 23, 2022 0

काठमाडौं, ११ फागुन -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले न्युज कारखानालाई जानकारी दिए ।

प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी¬ प्रस्तावमाथि छलफल हुँदैछ ।

संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर