एमालेको नीतिले देशलाई मार्गदर्शन गरेको छ : अध्यक्ष ओली — OSNepal

एमालेको नीतिले देशलाई मार्गदर्शन गरेको छ : अध्यक्ष ओली

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका र जनताका लागि बनेको पार्टी भएको दावी गरेका छन् ।

अध्यक्ष ओलीको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

एमालेको नीतिले आज पनि राष्ट्र निर्देश गरेको गरेको बताएका उनले एमालेका नीति नै राष्ट्रिय नीति भएको बताएका छन् ।

हाम्रो पार्टीको नीतिले देशलाई मार्गदर्शन गर्ने गरेको छ । नेपालको परराष्ट्र नीति के हो भन्ने हो भने ‘एमालेले सूत्रीकृत गरेका, सूत्रबद्ध गरेका नीति नै परराष्ट्र नीति हुन्, ओलीले भने ।

साथै उनले फेरि एमाले सत्तामा फर्कने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर