एमसीसी टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने भएकाले टेबल गर्न सहमति दिएको मात्रै हो — OSNepal

एमसीसी टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने भएकाले टेबल गर्न सहमति दिएको मात्रै हो

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन जोगाउनको लागि अमेरिकी परियोजना एमसीसी संसदमा टेबल गर्न दिएको बताएका छन् ।

आजबाट काठमाडौं सुरु भएको वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’ उनले भने ।

टेबल गर्दैमा केही नबिग्रिदैएको बताएका उनले यदि एमसीसी टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको समेत बताएका छन् ।

टेबल हुँदमौ पास नहुने बताएका उनले आफुहरुले विपक्षमा मतदान गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर