प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण

LC (KTM) February 23, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २–२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनमा संक्रमण भएको छ ।

झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १–१, इलामको इलाम नगरपालिका र रोङमा १–१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर