कञ्चनपुरमा बिरामी परेर १० वर्षको हात्ती मर्यो,तीन दिनदेखि उक्त गाउँमा थियो देखा परेको — OSNepal

कञ्चनपुरमा बिरामी परेर १० वर्षको हात्ती मर्यो,तीन दिनदेखि उक्त गाउँमा थियो देखा परेको

LC (KTM) February 24, 2022 0

कञ्चनपुर, ११ फागुन( पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती बुधबार दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।

तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन । “हात्ती बिरामी रहेछ”, अधिकृत यादवले भन्नुभयो, “मृतावस्थामा भेटिएको छ ।” हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उहाँले बताउनुभयो । मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन । मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर