प्रचण्डलाई ओलीको जवाफ : एमसीसीमा राष्ट्रघाती केहि कुरा छैन — OSNepal

प्रचण्डलाई ओलीको जवाफ : एमसीसीमा राष्ट्रघाती केहि कुरा छैन

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई अमेरिकी परियोजना राष्ट्रघाती नभएको बताएका छन् ।

बिहिबार साँझ संसद भवन सिंहदरबारमा भएको भेटमा प्रचण्डलाई ओलीले एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।

प्रचण्डले संसद अवरोध हटाएर छलफलको वातावरण बनाउन आग्रह गर्दा अध्यक्ष ओली आफूहरुले कारबाही गरेका माधव नेपाल सहित १४ जना सांसदहरुलाई संसद बैठकमा सहभागी नहुने वातावरण बनाउन ओलीले. शर्त राखेका छन् ।

एमसीसीको पक्षमा सकारात्मक देखिएका ओली र कांग्रेस मिल्नको लागि अब माधव नेपालसहित १४ जना सांसद समस्याको बनेका छन् ।

छलफलमा सहभागी एक माओवादीका नेताले ओलीले आफुले कहिल्यै पनि एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर