प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे बाबुराम — OSNepal

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे बाबुराम

LC (KTM) February 24, 2022 0

काठमाडौं, १२ फागुन -जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ ।

आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् । एमसीसीको विषयले सत्ता गठबन्धन फुटको संहारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर