पुर्व प्रधानमन्त्री ओलीको गृहनगर दमकमा एमसीसीको बिरोध — OSNepal

पुर्व प्रधानमन्त्री ओलीको गृहनगर दमकमा एमसीसीको बिरोध

LC (KTM) February 25, 2022 0

राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रर नेकपा एकीकृत समाजवादीले बिहिवार केपी ओलीको गृहनगर दमकमा एमसीसी बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी को बिपक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी दमक नगर कमिटीले प्रदर्शन गरेका हुन् ।

सो क्रममा नेकपा माओवादी केन्द्र सम्बद्ध बुद्धिजिवी परिषद प्रदेश १ की अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका प्राध्यापक राधिका ओझा, एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववीयू केन्द्रीय सदस्य तथा दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति रोशन भण्डारी, नेकपा माओवादी केन्द्र दमक नगर इन्चार्ज बेदु गौतम, एकीकृत समाजवादी जिल्ला सदस्य टीका प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

प्रदर्शनको क्रममा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरसहित ‘एससीसी खारेज गरौं’, ‘गो ब्याक एससीसी’, ‘बैदेशिक हस्तक्षेप मुर्दाबाद’, ‘एससीसी चाहिदैन’, ‘राष्ट्रिय स्वाभिमान रक्षा गरौं’ लगायतका नाराहरु लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर