सरकारबाट बाहिरिदै माओवादी, आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा — OSNepal

सरकारबाट बाहिरिदै माओवादी, आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । एमसीसीको विषयमा गठवन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । आज बिहान नौ बजेदखि सुरु भएको छलफल. यस विषयमा केन्द्रित रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको छलफलमा सरकारबाट बाहिरिने निष्कर्षमा माओवादी पुगेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता जसरी पनि अनुमोदन गर्ने भन्दै गठवन्धन समेत तोड्न तयार भएपछि माओवादी आफैले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

अहिले प्रचण्ड निवास खुमलटारमा माओवादीका पूर्वस्थायी कमिटीका सदस्यहरूबीच छलफलमा अब बालुवाटार गएर केहि नहुने निष्कर्षमा पुगेको माओवादीले आजै सरकार छाड्ने बताइएको छ ।

यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै आएको माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निणर्य गरेको छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने बताइएको छ ।

देउवा भने एमालेको सँगको छलफलमा व्यस्त भएका छन् । एमसीसीको लागि एमालेको माग समेत सम्बोधन गर्न देउवा तयार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर