प्रतिनिधिसभाको बैठक फागुन १५ गते सम्मका लागि स्थगित — OSNepal

प्रतिनिधिसभाको बैठक फागुन १५ गते सम्मका लागि स्थगित

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । संसद बैठक फागुन १५ गतेसम्म स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको संसदमा बैठकमा एमसीसीको विषयमा छलफल हुने भनिएको थियो ।

बैडकको लागि गृहकार्य नपुगेको भन्दै बैठक सुचना टाँस गरेर फागुन १५ गतेसम्मका लागि बैठक स्थगित निणर्य भएको बताइएको छ ।

गठवन्धनमा एमसीसीको विषयमा सहमत नभएपछि प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्न पुगेको नेपाली कांग्रेस एमसीसी पास गराउन गठवन्धन तोड्न तयार भएको छ ।

बुधबार बस्न भनिएको संसद बैठक आजको लागि सारिएको थियो । बैठक स्थगित हुनुको कारण भनेका एमसीसी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर